birat ribon

काङ्ग्रेस नेता पौडेल भन्छन् : अरुको बुइ चढेर सत्तामा जानु हुँदैन

Neuro
काङ्ग्रेस नेता पौडेल भन्छन् : अरुको बुइ चढेर सत्तामा जानु हुँदैन

पर्वत / नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा काङ्ग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् ।

सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु काङ्ग्रेसको मुख्य दायित्व हुने बताए ।

cura insider

वरिष्ठ नेता पौडेलले काङ्ग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट पारे । नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि काङ्ग्रेसले अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए ।

‘देशको हित गर्न काङ्ग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन,’ पूर्वउपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, काङ्ग्रेस आन्तरिक किचलोमा फसेको छ, सबै मिलेर काङ्ग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।’

jackson ribon