birat ribon

अक्सफर्ड–अस्ट्राजेनेकाको खोप लगाउन स्थगित

Neuro
अक्सफर्ड–अस्ट्राजेनेकाको खोप लगाउन स्थगित

विराटनगर / कोरोना भाइरसविरुद्धको अक्सफर्ड–अस्ट्राजेनेकाको खोप लगाउने कार्य थप विभिन्न देशहरूमा स्थगित गरिएको छ ।

हालै नेदरल्यान्डले उक्त खोपमाथि अस्थायीरूपमा रोक लगाएको छ । नेदरल्यान्डमा २९ मार्चसम्मका लागि खोपमा रोक लगाइएको हो । खोपमाथि अस्थायीरूपमा रोक लगाउने सूचीमा डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, आयरल्यान्ड र बुल्गेरिया रहेका छन् ।

cura insider

खोप लगाएपछि रगत जम्ने समस्या देखिन थालेपछि हाललाई विश्वका धेरै देशमा खोप वितरण कार्यक्रम स्थगित गरिँदै आएको छ । हालसम्म ५० लाखभन्दा बढी युरोपेली नागरिकले अक्सफर्ड–अस्ट्राजेनेकाको खोप लगाइसकेका छन् । तीमध्ये १५ जनामा डिए ब्रेन थ्रोम्बोसिस र २२ जनामा पलमोनरी इम्बोलिजमजस्ता रगत जम्ने समस्या देखिएको जनाइएको छ ।

तर, उक्त खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको युरोपेली युनियनको औषधि नियामक निकायले जनाएको छ । साथै, विश्व स्वास्थ सङ्गठन (डब्लुएचओ)ले पनि खोप र रगत जम्ने समस्याको विकास हुने जोखिमबीच कुनै सम्बन्ध नभएको बताएको छ ।

jackson ribon