birat ribon

दुई हजार वर्ष पुरानो कम्प्युटरले काम गर्ने रहस्य पत्ता लाग्यो

Neuro
दुई हजार वर्ष पुरानो कम्प्युटरले काम गर्ने रहस्य पत्ता लाग्यो

विराटनगर / संसारकै सबैभन्दा पुरानो कम्प्युटरले कसरी काम गर्छ भन्ने रहस्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले थ्रिडी कम्प्युटर मोडलिङ प्रयोग गरेर दुई हजार वर्ष पुरानो यन्त्रको रहस्योद्घाटन गरिएको बताइएको छ । सन् १९०१ मा एन्टिकाइथेरा मेकनिजम नाम दिइएको उपकरण रोमनकालमा ग्रीसमा बिग्रिएको एउटा पानीजहाजको भग्नावशेषमा फेला परेको थियो ।

cura insider

८२ वटा टुक्रामा फेला परेको उक्त यन्त्र भेटिँदा उक्त उपकरणको एक तिहाइ भाग मात्र यथावत् थियो । हातले दम दिएर चलाउनुपर्ने उपकरणको प्रयोग ग्रहण र अन्य खगोलीय घटनाको गणना गर्न हुने गरेको अनुमान गरिएको छ । तर, अग्रभागको जटिल गिअरिङ प्रणाली बुझ्न नसकेका कारण वैज्ञानिकहरूले एक्स–रे डाटा र प्राचीन ग्रीन गणितीय पद्दति प्रयोग गरेर पूर्ण आकृतिको पुनर्संरचना गरेका छन् ।

साइन्टिफिक रिपोर्ट्स नामक जर्नलमा प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले पूरै अग्रभागको प्रारूप बनाएको र आधुनिक सामग्री प्रयोग गरेर पूर्ण स्वरूपमै एन्टिकाइथेरा यन्त्रको प्रतिलिपि बनाउन सकिने उल्लेख गरिएको छ । उपकरणमा सूर्य, चन्द्रमा र ग्रहहरूलाई प्राचीन ग्रीक कौशलअनुसार प्रभावकारी रूपमा देखाइएको शोधका मुख्य लेखक प्राध्यापक टोनी फ्रीथ बताउँछन् ।

उक्त उपकरणलाई एउटा ज्योतिषीय वा खगोलीय क्याल्क्युलेटर तथा संसारकै पहिलो एनलग कम्प्युटरका रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ ।

jackson ribon