birat ribon

विराटनगरमा डेरा बसेको कोठाभित्रै एक पुरुष मृत फेला

Neuro
विराटनगरमा डेरा बसेको कोठाभित्रै एक पुरुष मृत फेला

विराटनगर / पर्साको वीरगञ्ज घर भएका एक पुरुष विराटनगरमा डेरा बसेको घरको कोठाभित्रै आइतबार साँझ मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भएका ५० वर्षीय लम्बू दाइ भनिने भीखमप्रसाद रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार मृतक भीखमप्रसाद विराटनगर महानगरपालिका–१३ की सीता घिमिरेको घरमा कोठा भाडामा लिएर एक वर्षदेखि बस्दै आएको खुलेको छ ।

cura insider

डेरा बसेकै घरको कोठामा भित्रबाट ढोकाको चुक्कुल लगाएर सुतिरहेका उनलाई ओछ्यानमै मृत फेला पारिएको राईको भनाइ छ । उनका साथीहरुले घटनाका बारेमा थाहा पाएर प्रहरीलाई खबर गरेका हुन् ।

शव पोस्टमार्टमका लागि विराटनगरकै कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको बताउँदै डीएसपी राईले शरीरमा कुनै त्यस्तो चोटपटक भने नदेखिएको जानकारी दिए । उनका अनुसार भीखमप्रसाद घरलगायतका संरचना निर्माण गर्ने राजमिस्त्रीको काम गर्दै आएका एक व्यक्ति भएको खुलेको छ ।

jackson ribon