birat ribon

‘मोरबियस’ को प्रदर्शन मिति सर्‍यो

Neuro
‘मोरबियस’ को प्रदर्शन मिति सर्‍यो

विराटनगर / सोनी पिक्चर्सको बहुप्रतिक्षित सुपरहिरो फिल्म ‘मोरबियस’ को प्रदर्शन मिति सरेको छ ।

सन् २०२० मा नै रिलिज हुनुपर्ने यो फिल्मको रिलिज मिति कोरोना महामारीका कारण धेरै पटक स्थगित गरिएको थियो ।

cura insider

केही समयअगाडि निर्माण टिमले ‘मोरबियस’ यही वर्षको मार्च वा अक्टोबर महिनाभित्र रिलिज हुने बताएका थिए । तर अहिले निर्माण टिमले विभिन्न कारण देखाउँदै फिल्मको रिलिज मिति एक वर्ष अगाडि सारेका छन् ।

‘मोरबियस’ एक भेमपायरको कथामा आधारित सुपरहिरो फिल्म हो । फिल्मलाई डानियल इस्पिनोसाले निर्देशन गरेका छन् । यो फिल्म अब सन् २०२२ को पहिलो महिनाभित्र प्रदर्शन हुनेछ ।

jackson ribon