birat ribon

भारतमा सङ्क्रमणको सङ्ख्या बढ्दो, महाराष्ट्रमा लकडाउन

Neuro
भारतमा सङ्क्रमणको सङ्ख्या बढ्दो, महाराष्ट्रमा लकडाउन

विराटनगर / भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ ।
आइतबार भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पछिल्लो ८० दिनको तुलनामा धेरै भएको बताइएको छ । भारतमा अन्य ठाउँको तुलनामा महाराष्ट्रमा यतिबेला कोरोना तीव्र रुपमा फैलिएपछि प्रभावित क्षेत्रहरूमा लकडाउन जारी गरिने भएको छ ।

एक साता लामो हुने लकडाउन १५ मार्चदेखि सुरु भई २१ मार्चसम्म रहने बताइएको छ । एकै दिनमा १६ हजारभन्दा बढी सङ्क्रमित बढेसँगै महाराष्ट्र कोभिडको हटस्पट रहँदै आएको छ जहाँ अहिलेसम्मकै उच्च सक्रिय बिरामी र सङ्क्रमित छन् ।

cura insider

सरकारी कार्यालय र उद्योगहरूमा २५ प्रतिशत उपस्थितिबाहेक अन्य सबै आवश्यक नहुने व्यवसायहरू बन्द रहनेछन् । महाराष्ट्र सरकारलाई खोप केन्द्रहरूको सङ्ख्या बढाउन वा घर–घर सेवा प्रदान गर्न आग्रह गरिएको छ । योसँगै मङ्गलबारदेखि महाराष्ट्र र मुम्बाईका केही ठाउँमा फेरि लकडाउन हुनसक्ने बताइएको छ ।

भारतमा हालसम्म एक करोड १३ लाख मानिसहरू कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने एक लाख ५८ हजारको मृत्यु भइसकेको छ । जसमध्ये एक करोड १० लाख मानिस निको भइसकेका छन् ।

jackson ribon