birat ribon

जोनसनको खोपलाई डब्लुएचओद्वारा आपतकालीन प्रयोगको अनुमति

Neuro
जोनसनको खोपलाई डब्लुएचओद्वारा आपतकालीन प्रयोगको अनुमति

विराटनगर / कोभिड–१९ विरुद्धको जोनसन एन्ड जोनसन खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले आपतकालीन प्रयोगका लागि अुनमति दिएको छ ।

डब्लुएचओले अनुमति दिएसँगै जोनसनको खोपलाई सबै देशमा प्रयोग गर्न मिल्नुका साथै कोभ्याक्स कार्यक्रममा पनि राखिएको छ । युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले जोनसन एन्ड जोनसनलाई विश्वभर मान्यता दिने निर्णय गरेपछि डब्लुएचओले अनुमति दिएको हो । एक डोज मात्र प्रयोग गरिने खोपलाई पहिलोपटक प्रयोगका लागि अनुमति दिइएको हो ।

cura insider

जोनसन एन्ड जोनसनले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । परीक्षण विवरणले गम्भीर बिरामीलाई बचाउनका लागि उक्त खोप ८५ प्रतिशत प्रभावकारी रहेको देखाएको छ । साथै, खोप वृद्ध जनसङ्यामा पनि प्रभावकारी छ भनेर विवरणमा उल्लेख गरिएको छ ।

जोनसन एन्ड जोनसनको खोपलाई अन्यको जस्तो नभई दुईदेखि आठ डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्मका लागि भन्डारण गर्न सकिने बताइएको छ । डब्ल्यूएचओले यसअघि फाइजर बायोएनटेक, एस्ट्राजेनेका र भारतको सीरम संस्थानको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

jackson ribon