birat ribon

गोरु पाल्ने किसानलाई हलो अनुदान

Neuro
गोरु पाल्ने किसानलाई हलो अनुदान

तनहुँ / तनहुको बन्दीपुर गाउँपालिकाले एक हल गोरु पाल्ने किसानलाई एक थान हलो अनुदान दिने भएको छ । गोरु विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा कृषकलाई हलो दिन लागिएको हो ।

पछिल्लो समय नयाँ प्रविधिसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी गाउँपालिकाले मिनी ट्रिलरका लागि २० लाख, कुटानीपिसानी मिलमा पाँच लाख, कृषि टनेलमा तीन लाख र हलोका लागि तीन लाख बजेट विनियोजन गरेको जनाएको छ ।

cura insider

आयआर्जनको माध्यमबाट आर्थिक क्षेत्रमा सबल बनाउन सहयोग पुग्ने हेतुले कृषकलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा उक्त सामग्री वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । सम्बन्धित क्षेत्रका लागि कृषकले आवेदन दिए पनि उनीहरुको मूल्याङ्कन र स्थलगत अवलोकनपश्चात् मात्रै अनुदानमा सामग्री प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । रासस

jackson ribon