birat ribon

ओली र नेपालको भेट हुँदै

Neuro
ओली र नेपालको भेट हुँदै

काठमाडौँ / प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच धुम्बाराहीस्थित एमालेको केन्द्रीय कार्यालयमा भेट हुने भएको छ । उनीहरुको आज बिहान ११ बजे भेटघाटको कार्यक्रम रहेको बताइएको छ ।

ओलीले माधव नेपालसँग भेट्ने तयारी गर्नुपूर्व आइतबार राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । राष्ट्रपति भण्डारी र ओलीबीच डेढ घण्टासम्म छलफल भएको स्रोतले जानकारी दियो । राष्ट्रपतिसँगको छलफल सकिएपछि ओलीले नेपाललाई फोन सम्पर्क गरेका थिए । उनले फोनमा नेपाललाई भेटका लागि बालुवाटार बोलाएका तर नेपालले बालुवाटार जान अस्वीकार गरेका थिए ।

cura insider

त्यसपछि नेपालले धुम्बाराहीमा भेट्ने प्रस्ताव गरेका थिए । एक्लाएक्लै भेट्ने प्रस्ताव ओलीले गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेपछि केही नेतासहित ओली र नेपालबीच भेट हुन लागेको हो ।

jackson ribon