birat ribon

अस्मित र आँचललाई दोस्रो मिस्टर एन्ड मिस रौनियारको उपाधि

Neuro
अस्मित र आँचललाई दोस्रो मिस्टर एन्ड मिस रौनियारको उपाधि

काठमाडौँ / दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ को मिस्टर रौनियार उपाधि अस्मित गुप्ता र मिस रौनियार उपाधि आँचल रौनियारले जितेका छन् । एमी इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित सो प्रतियोगितामा आँचलले पब्लिक च्वाइस अवार्ड पनि हासिल गरिन् भने अस्मितले मिस्टर ट्यालेन्टको उपाधि पनि जिते ।

काठमाडौँ विराटनरलगायत विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवा युवतीबीच भएको दोस्रो संस्करणको निर्णायकमा अभिनेता रणधिर शाह, मोडल विपना थापा, रौनियार सेवा समाज विराटनगरका अध्यक्ष रामनरेश शाह, उड्डयन प्राधिकरण क्षेत्रकी सङ्गीता रौनियार र फेसन डिजाइनर सरगम श्रेष्ठ थिए ।

cura insider

प्रतियोगितामा मिस्टर रौनियारतर्फ फस्ट रनरअपसँगै बेस्ट पर्सनालिटी र म्यानेजमेन्ट च्वाइसको आवर्ड सर्वजित रौनियारले, सेकेन्ड रनरअपसँगै फोटोजेनिक र बेस्ट पर्फमेन्सको अवार्ड राज रौनियारले हासिल गरे । भिउवर्स च्वाइस र पब्लिक च्वाइसको अवार्ड श्याम रौनियारले, बेस्ट वाकको अवार्ड अङ्कित रौनियारले, म्यानेजमेन्ट च्वाइसको अवार्ड अजयप्रसाद गुप्ताले हासिल गरे । विराटनगरबाट मिस्टर ट्यालेन्ट आयुष रौनियार बने ।

प्रतियोगितामा मिस रौनियारतर्फ फस्ट रनरअपको उपाधि शिक्षा गुप्ताले, सेकेन्ड रनरअपसँगै बेस्ट पर्फमेन्सको उपाधि ज्योति रौनियार र मिस ट्यालेन्टको उपाधि काठमाडौँबाट खुस्बु रौनियार र विराटनगरबाट रुचि रौनियारले हासिल गरे । अन्य उपाधितर्फ म्यानेजमेन्ट च्वाइस अवार्ड नन्दिनी कुमारी गुप्ताले, मिस फोटोजेनिक सोमनकुमारी गुप्ता, बेस्ट क्याटवाक सालुकुमारी रौनियार, मोस्ट चार्मिङ स्नेहा रौनियार र बेस्ट पर्सनालिटी अवार्ड प्रीति रौनियारले प्राप्त गरे ।

आयोजक राजन रौनियारले रौनियार समुदायका युवा युवतीको प्रतिभा प्रस्तुतिका लागि आफूहरूले यो प्रतियोगिता तीन वर्षयता आयोजना गर्दै आएको बताए । प्रतियोगिताको कोरियोग्राफी काठमाडौँका लागि रोजिन शाक्य र विराटनगरका लागि युवराज केसरीले गरेका थिए ।

jackson ribon