birat ribon

विराटनगरका सात उद्योगविरुद्ध मुद्दा

Neuro
विराटनगरका सात उद्योगविरुद्ध मुद्दा

विराटनगर / खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सातवटा उद्योग तथा पसलविरुद्ध मुद्दा दायर गरेको छ । गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री–वितरण गरेको पाइएपछि सातवटा उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

आइतबार कार्यालयले प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठी गरेको थियो । सो क्रममा चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा सातवटा उद्योगलाई मुद्दा दायर गरेको जानकारी दिइएको हो ।

cura insider

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले सातवटा उद्योग तथा पसलविरुद्ध मुद्दा दायर गरेको बताए । उनका अनुसार बालाजी डेरी उद्योग, बालाजी ट्रेडिङ एन्ड कन्सर्नविरुद्ध न्यून गुणस्तरको घ्यू उत्पादन तथा बिक्री–वितरण गरेको पाइएपछि मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

यस्तै, शिवम डेरी उद्योगविरुद्ध अस्पष्ट लेबल विवरण भएको खाद्य पदार्थ बिक्री–वितरण गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर गरिएको छ ।

बिराट गोल्छा घ्यू प्याकेजिङ्गविरुद्ध न्यून गुणस्तरीय घ्यू उत्पादन तथा बिक्री–वितरण गरेको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । एसियन फिड्स प्रालि बूढीगङ्गाविरुद्ध दूषित दाना पदार्थको उत्पादन तथा बिक्री–वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता भएको रिजालले बताए । सगुन पाउरोटी उद्योग, रुमन फुड एन्ड वेभरेज उद्योग प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता भएको छ ।

उनका अनुसार शङ्कर किराना पसल र कपिश इन्टरप्राइजेज जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता भएको गरिएको छ । कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी र सवारी साधन नभएका कारण अनुगमनमा समस्या पर्ने गरेको उनले बताए ।

स्थानीय तहको भूमिका प्रभावकारी भएन

बजार अनुगमन गर्ने अधिकार स्थानीय सरकारसँग छ । कार्यक्रममा सहभागीहरूले बजार अनुगमनमा स्थानीय सरकारले प्रभावकारी भूमिका नखेलेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बजार अनुगमनको जिम्मा स्थानीय तहले पाएको भए पनि प्रभावकारी अनुगमन हुन नसकेको बताए ।

प्रदेश लोकसेवा आयोगका प्रमुख तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक उत्तम भट्टराईले अनुगमन सहरी क्षेत्रमा मात्रै सीमित भएको बताए । अनुगमनलाई प्रभावकारी बनाउन सहरी क्षेत्रमा मात्र केन्द्रित नभएर पहाडी क्षेत्रमा समेत ध्यान दिनुपर्ने उनले बताए ।
अनुगमनलाई प्रभावकारी बनाउन प्रयासहरू भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बताए ।

jackson ribon