birat ribon

विश्व उपभोक्ता अधिकार दिवस आज

Neuro
विश्व उपभोक्ता अधिकार दिवस आज

विराटनगर / विश्व उपभोक्ता अधिकार दिवस आज (सोमबार) परेको छ । नेपालमा दुई दशक अघिदेखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा यस वर्ष ‘प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ उपभोक्ता अधिकार दिवस मनाइँदैछ । नेपालको संविधान २०७२ को मौलिक हकका रूपमा धारा ४४ मा उपभोक्ता अधिकारको ग्यारेण्टी गरिएको छ । तर उपभोक्ताको अधिकार भने अझै सुरक्षित हुन सकेको छैन ।

cura insider

उपभोक्ता सधैँ महँगीको मारमा परिरहेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको तथ्याङ्कले बजारमा कालोबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी, म्याद नाघेका सामान खुलेआम बिक्री हुँदा उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको देखाउँछ । खाद्यान्न, स्वास्थ्य, शिक्षा, खानेपानी, इन्धनलगायतका क्षेत्रमा दिनप्रतिदिन उपभोक्ता ठगिने क्रम रोकिएको छैन ।

हरेक क्षेत्रमा उपभोक्ताको अधिकार सुरक्षित नहुँदा वर्षमा एक दिन मनाउने दिवस केवल नारामै सीमित बन्ने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका छन् । कोरोना महामारीको बहानामा व्यवसायीले अधिकांश वस्तुमा अस्वाभाविक मूल्य बढाउँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परिरहेका छन् । बजारमा खाने तेल, चामल, दाल, चिनी, निर्माण सामग्री लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेको तथ्याङ्कले देखाउँछ ।

jackson ribon