birat ribon

रोनाल्डोले तोडे पेलेको कीर्तिमान

Neuro
रोनाल्डोले तोडे पेलेको कीर्तिमान

विराटनगर / पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान भङ्ग गरेका छन् । आइतबार राति इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसलाई जिताउन ह्याट्रिक गोल गरेका रोनाल्डोले पेलेको कीर्तिमान तोडेका हुन् ।

युभेन्टसले क्याग्लिआरीलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो । युभेन्टसको जितमा रोनाल्डोले ह्याट्रिक गोल गरे । क्याग्लिआरीका जियोभानी सिमेवनले एक गोल फर्काए ।

cura insider

रोनाल्डोले खेलको ३२औँ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । खेलको दसौँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । २५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर बनाए । ३२औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे ।

यस ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । रोनाल्डोले आधिकारिक खेलमा सात सय ७० गोल पूरा गरे ।

पेलेको नाममा सात सय ६७ गोल छ । पेलेले सामाजिक सञ्जालमार्फत रोनाल्डोलाई बधाईसमेत दिएका छन् ।

jackson ribon