birat ribon

बार्सिलोनालाई पछ्याउँदै सेभिल्ला

Neuro
बार्सिलोनालाई पछ्याउँदै सेभिल्ला

विराटनगर / स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सेभिल्लाले रियल बेटिसमाथि जित निकालेको छ । सेभिल्लाको मैदानमा घरेलु टोलीले बेटिसलाई १–० गोलले हराएको हो ।

सेभिल्लालाई जिताउन योसेफ एन–नेसरीले निर्णायक गोल गरे । उनले खेलको २७औँ मिनेटमा गरेको गोल नै सेभिल्लाको जितमा निर्णायक बन्यो ।

cura insider

जितसँगै चौथो स्थानको सेभिल्लाले २६ खेलमा ५१ अङ्क जोडेको छ । ऊ तेस्रो स्थानको बार्सिलोनाभन्दा पाँच अङ्कले पछाडि छ ।

बेटिस भने ४२ अङ्कका साथ छैटौँ स्थानमा छ । उसले २७ खेल खेलेको छ ।

jackson ribon