birat ribon

प्रधानमन्त्री ओलीमाथि कम्युनिष्ट आन्दोलन विसर्जन गर्न खोजेको आरोप

Neuro
प्रधानमन्त्री ओलीमाथि कम्युनिष्ट आन्दोलन विसर्जन गर्न खोजेको आरोप

विराटनगर / माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गैरजिम्मेवार, विध्वंसकारी, अराजक र निरङ्कुश प्रवृत्ति अपनाएर एमालेलाई समेत विभाजित गर्दै कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने कुकर्मतर्फ अग्रसर  भएको आरोप लगाएका छन् ।

ओलीमा कम्युनिस्ट पार्टीको सदस्यका रूपमा हुनुपर्ने सामान्य राजनीतिक चरित्र, आचरण र नैतिकता पनि नभएको आरोप यो समूहको छ । ओलीको चरम व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्ण स्वार्थमा रमाउने प्रवृत्तिले पार्टी र आन्दोलन निरन्तर अप्ठेरोमा  परिरहेको नेपाल र खनाल समूहको जिकिर छ ।

cura insider

ओलीले जनता, देश र पार्टीमाथि नै विश्वासघात गरी विधान, सिद्धान्त र प्रणालीविपरीतका क्रियाकलाप गरेको र उनका विधानविपरीत, अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिस्ट आन्दोलनको समस्याका रुपमा रहेको दाबी गरिएको छ । नेपाल र खनाल समूहले ओलीमाथि विभिन्न ११ आरोप लगाएका छन् ।

एमालेका तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, तीन सचिव भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेको आइतबार राति संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon