birat ribon

नापोलीसँग मिलान पराजित, युभेन्टसलाई फाइदा

Neuro
नापोलीसँग मिलान पराजित, युभेन्टसलाई फाइदा

विराटनगर / इटालियन सिरी ‘ए’मा एसी मिलान नापोलीसँग १–० गोलले स्तब्ध भएको छ । आइतबार राति सान सिरोमा नापोलीलाई जिताउन माटेओ पोलिटानोले निर्णायक गोल गरेका थिए ।

खेलको ४९औँ मिनेटमा उनले गरेको गोल नै नापोलीको जितमा निर्णायक बनेको थियो । खेलको इन्ज्युरी समयमा मिलानका एन्टे रेबिकले रातो कार्ड पाएका थिए ।

cura insider

जितसँगै नापोली २६ खेलमा ५० अङ्क जोड्दै पाँचौँ स्थानमा उक्लियो । मिलान भने ५६ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले २७ खेल खेलेको छ ।

मिलान स्तब्ध हुँदा तेस्रो स्थानको युभेन्टसलाई फाइदा पुगेको छ । साविक विजेता युभेन्टससँग ५५ अङ्क छ । उसले २६ खेल खेलेको छ । युभेन्टसले अब दोस्रो स्थानमा उक्लिँदै उपाधि होडमा इन्टर मिलानलाई दबाबमा राख्ने माैका छ ।

शीर्ष स्थानको इन्टर भने युभेन्टसभन्दा दस अङ्कले अगाडि छ । २७ खेल खेलेको इन्टरसँग ६५ अङ्क छ ।

jackson ribon