birat ribon

निर्वाचन आयोग पुग्यो एमाले विवाद

Neuro
निर्वाचन आयोग पुग्यो एमाले विवाद

विराटनगर / सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको एक सातामै एमालेको आन्तरिक विवाद निर्वाचन आयोगमा पुगेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले एकतर्फी रूपमा केन्द्रीय कमिटी बैठक बोलाएर महत्वपूर्ण निर्णय गराएपछि राजनीतिक र संगठनात्मक प्रतिवादमा उत्रेको एमालेको नेपाल–खनाल समूह आइतबार आयोग पुगेको हो । राजनीतिक रूपमा विभाजित नेकपाको आधिकारिकताको लडाइँ पनि निर्वाचन आयोग पुगेको थियो ।

cura insider

सर्वोच्च अदालतको २३ फागुनको फैसला र पार्टीको विधानविपरीत अध्यक्ष ओलीले बालुवाटारमा गुटको बैठक बोलाएर पदाधिकारी खारेज, कार्यविभाजन हेरफेर र महाधिवेशनले निर्णय गरेको भन्दै त्यसलाई वैधानिकता नदिन नेपाल–खनाल समूहले आइतबार निर्वाचन आयोगमा पत्र पठाएको छ । पत्रमा वरिष्ठ नेताद्वय खनाल र नेपालसहित एमालेका २२ सदस्यीय स्थायी कमिटीका ११ नेताको हस्ताक्षर छ । स्थायी कमिटीमा १० जना ओली पक्षमा छन् भने उपाध्यक्ष वामदेव गौतम तटस्थ छन् ।

वरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव धनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेले आयोगमा पत्र दर्ता गराएका छन् । एमालेका निर्वाचन विभाग प्रमुख राजेन्द्रप्रसाद पाण्डेलगायत नेताहरूले आयोगमा पुगेर पत्र दर्ता गराएका थिए ।

आयोगलाई बुझाइएको पत्रमा छ, ‘हामीलाई कुनै जानकारी नै नदिई बहुमतसमेत नभएको बैठकबाट पार्टी विधानविपरीत केन्द्रीय कमिटीका कतिपय पदाधिकारीलाई पदबाट हटाइएको, केहीको जिम्मेवारी हेरफेर गरिएको र केही थप व्यक्तिलाई केन्द्रीय कमिटीको सदस्य बनाइएको भनी सार्वजनिक भएको कामकारबाही नेकपा (एमाले)को विधानविपरीत र अनधिकृत छ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon