birat ribon

आत्मघाती गोलमा चम्कियो युनाइटेडको भाग्य, उक्लियो दोस्रो स्थानमा

Neuro
आत्मघाती गोलमा चम्कियो युनाइटेडको भाग्य, उक्लियो दोस्रो स्थानमा

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा सर्वाधिक धेरै १३ पटकको उपाधि विजेता म्यानचेस्टर युनाइटेडले आइतबार राति वेस्ट ह्यामलाई हराएको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले वेस्ट ह्याममाथि १–० गोलको जित निकालेको हो ।

वेस्ट ह्यामका क्राग डवसनले आत्मघाती गोल गर्दा युनाइटेडले तीन अङ्क जोडेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५३औँ मिनेटमा डवसनले आत्मघाती गोल गरेका थिए ।

cura insider

जितसँगै युनाइटेड दोस्रो स्थानमा फर्किएको छ । उसले २९ खेलमा ५७ अङ्क जोडेको छ । वेस्ट ह्याम भने ४८ अङ्कका साथ पाचौँ स्थानमा छ ।

jackson ribon