birat ribon

हिमाल सफाइ अभियान सुरु गर्दै नेपाली सेना

Neuro
हिमाल सफाइ अभियान सुरु गर्दै नेपाली सेना

विराटनगर / मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्दै छ ।

विभिन्न छवटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गर्ने गरी सेनाले अभियान सञ्चालन गर्ने भएको हो । अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त परिमाणमा फोहोर सङ्कलन र व्यवस्थापन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

cura insider

सरसफाइ अभियान यही चैत ३१ देखि सुरु हुने जानकारी दिइएको छ । वैशाख २ गते टोली हिमाल प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । सरसफाइमा जाने विभिन्न समूहलाई २१ दिनको तालिम प्रदान गरिएको छ ।

प्रवक्ता पौडेलका अनुसार सगरमाथाबाट १६ टन, ल्होत्से हिमालबाट एक टन, मकालु, धौलागिरी र आमादब्लमबाट पाँच–पाँच टन, पुमोरी हिमालबाट तीन टनसम्म फोहोर सङ्कलन गरिनेछ । सफा हिमाल अभियानले प्रदूषण नियन्त्रण र हिमाल सरसफाइबाट विश्वव्यापी तापक्रमको नियन्त्रणमा टेवा पु¥याउने, पर्वतीय अर्थोपार्जनमा सरकारलाई सघाउने, पर्यटनको साथसाथै पर्वतारोहीलाई आकर्षित गर्ने, भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने लक्ष्य लिएको छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon