birat ribon

कोरोना खोप अभियान प्रभावित हुने सम्भावना

Neuro
कोरोना खोप अभियान प्रभावित हुने सम्भावना

विराटनगर / कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप ल्याउन ढिलाई हुँदा कोरोना खोप अभियान प्रभावित हुने सम्भावना बढेर गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप खोप ल्याउन नसक्दा यस्तो अवस्था आएको हो । यद्यपी सेरम इन्स्टिच्युटले गत फागुन ९ गते १० लाख डोज खोप उपलब्ध गराएको थियो । पहिलो चरणको खोप प्राप्त भएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भनिए पनि सेरमले अहिलेसम्म खोप उपलब्ध नगराएपछि समस्या देखिएको हो ।

cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत फागुन ५ गते अग्रिम भुक्तानी गरेको थियो । स्वास्थ्य मन्त्रालयले २० लाख डोज खरिदका लागि प्रतिडोज खोपको ४ डलरका दरले १ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको हो ।

सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ । तर यसअघि गरिएको अग्रिम भुक्तानीवापतको खोप आउन सकिरहेको छैन । स्रोतका अनुसार सेरमले पछिल्लोपटक खोपको मूल्य बढाउने र १० प्रतिशत थप रकम एजेन्टका लागि दिनुपर्ने बताउँदै आएको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon