birat ribon

पिएसजी आफ्नै मैदानमा स्तब्ध

Neuro
पिएसजी आफ्नै मैदानमा स्तब्ध

विराटनगर / फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा पिएसजी आफनै मैदानमा नान्टेससँग २–१ गोलले स्तब्ध भएको हो ।

घरेलु मैदानमा पिएसजीले सुरुआती अग्रता बनाएको थियो । ४२औँ मिनेटमा जुलियन ड्राक्जलरले गोल गर्दै पिएसजीलाई पहिलो हाफभरि अग्रता दिलाए ।

cura insider

५९औँ मिनेटमा रान्डल कोलोले गोल गर्दै नान्टेसलाई बराबरीमा फर्काए । मोसेस सिमोनले ७१औँ मिनेटमा गोल गरेपछि नान्टेस २–१ गोलले विजयी भयो ।

जितसँगै १८औँ स्थानको नान्टेसले २९ खेलमा २७ अङ्क जोड्यो । दोस्रो स्थानको पिएसजीसँग ६० अङ्क छ ।

jackson ribon