birat ribon

आर्सनलले टोटनह्यामलाई हरायो

Neuro
आर्सनलले टोटनह्यामलाई हरायो

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनह्याम हटस्परलाई २–१ गोलले हराएको छ । आइतबार राति आर्सनलले आफ्नै मैदानमा टोटनह्यामलाई हराएको हो ।

इमिरेट्समा आर्सनललाई जिताउन मार्टिन ओडेगार्ड र एलेक्जान्द्रे लाकाजेट्टेले समान एक–एक गोल गरे । टोटनह्यामका इरिक लमेलाले एक गोल गरे ।

cura insider
Martin Odegaard scoring in the north London derby

खेलमा पाहुना टोली टोटनह्यामले सुरुआती अग्रता बनाएको थियो । ३३औँ मिनेटमा लमेलाले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

ओडेगार्डले ४४औँ मिनेटमा गोल फर्काउँदै आर्सनललाई पहिलो हाफभरि बराबरीमा ल्याए । ६४औँ मिनेटमा आर्सनलले पेनाल्टीको मौका पाएको थियो, जसमा लाकाजेट्टेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

७६औँ मिनेटमा टोटनह्याम दस खेलाडीमा सीमित बन्यो । टोटनह्यामका गोलकर्ता इरिक लमेलाले रातो कार्ड पाएपछि मैदान छोडेको थिए । र, बाँकी समय दुवै टोलीले गोल गर्न नसक्दा आर्सनल २–१ गोलले विजयी भयो ।

जितसँगै दसौँ स्थानको आर्सनलले २८ खेलमा ४१ अङ्क जोडेको छ । सातौँ स्थानको टोटनह्यामसँग ४५ अङ्क छ ।

jackson ribon