birat ribon

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको जित

Neuro
रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको जित

विराटनगर / स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोलको सहयतामा इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित निकालेको छ । आइतबार राति युभेन्टसले क्याग्लिआरीलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।

युभेन्टसको जितमा रोनाल्डोले ह्याट्रिक गोल गरे भने क्याग्लिआरीका जियोभानी सिमेवनले एक गोल फर्काए ।

cura insider

रोनाल्डोले खेलको ३२औँ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । खेलको दसौँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए ।

२५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर बनाए । ३२औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे ।

Image

खेलको ६१औँ मिनेटमा क्याग्लिआरीका सिमेवनले एक गोल फर्काए ।

जितसँगै तेस्रो स्थानको युभेन्टसले २६ खेलमा ५५ अङ्क जोडेको छ । ऊ शीर्ष स्थानको इन्टर मिलानभन्दा दस अङ्कले पछि परेको छ ।

इन्टर भने ६५ अङ्कसहित शीर्ष स्थानमा छ । उसले युभेन्टसभन्दा एक खेल बढी खेलेको छ ।

दोस्रो स्थानको एसी मिलानसँग ५६ अङ्क छ । उसले पनि २७ खेल नै खेलेको छ । क्याग्लिआरी भने २२ अङ्कका साथ १७औँ स्थानमा छ ।

jackson ribon