birat ribon

युनाइटेडलाई उछिन्दै लेइस्टर दोस्रो स्थानमा

Neuro
युनाइटेडलाई उछिन्दै लेइस्टर दोस्रो स्थानमा

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा लेइस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि फराकिलो जित दर्ता गरेको छ । आइतबार राति लेइस्टरले आफ्नै मैदानमा शेफिल्डलाई ५–० गोलले हराएको हो ।

लेइस्टरको जितमा केलेची इहेनाचोले ह्याट्रिक गरे भने अयोजे पेरेजले एक गोल गरे । यस्तै शेफिल्डका इथान अम्पादुले आत्मघाती गोल गर्दा लेइस्टरले ५–० गोलको जित निकालेको हो ।

cura insider

जितसँगै लेइस्टर म्यानचेस्टर युनाइटेडलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । उसले २९ खेलमा ५६ अङ्क जोडेको छ । २८ खेल खेलेको युनाइटेड तेस्रो स्थानमा झरेको छ ।

शेफिल्ड भने १४ अङ्कका साथ पुछारमा छ ।

jackson ribon