birat ribon

इन्टरलाई नौ अङ्कको अग्रता

Neuro
इन्टरलाई नौ अङ्कको अग्रता

विराटनगर / इटालियन सिरी ‘ए’मा इन्टर मिलानले टोरिनोमाथि २–० गोलको जित निकालेको छ ।

आइतबार राति टोरिनोको मैदानमा इन्टरलाई जिताउन रोमेलु लुकाकु र लाउटारो मार्टिनेजले समान एक–एक गोल गरे । टोरिनोका एन्टोनियो सानाब्रियाले एक गोल गरे ।

cura insider

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६२औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै लुकाकुले इन्टरलाई अग्रता दिलाएका थिए ।

७०औँ मिनेटमा सानाब्रियाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । ८५औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित सुनिश्चित गरे ।

जितसँगै इन्टरले दोस्रो स्थानको एसी मिलानभन्दा नौ अङ्कको अग्रता बनाएको छ । इन्टरले २७ खेलमा ६५ अङ्क जोडेको छ । इन्टरभन्दा एक खेल कम खेलेको मिलानसँग ५६ अङ्क छ ।

टोरिनो भने २० अङ्कका साथ १८औँ स्थानमा छ ।

jackson ribon