birat ribon

केकीको नयाँ ‘लुक्स’

Neuro
केकीको नयाँ ‘लुक्स’

विराटनगर / नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन् । उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स फेसबुकको स्टोरी (माइ डे) मा हालेकी छन् । कपाल किन खौरिएको भनेर केही नबताएपनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने सङ्केत दिएकी छन् ।

२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’को कथामा केकीले फिल्म निर्माण गर्ने कुरा नौलो छैन । हाल उनी यही फिल्मको छायाङ्कनमा व्यस्त छिन् । फिल्ममा केकी मुख्य भूमिकामा छिन् ।

cura insider

फिल्ममा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न केकीले कपाल खौरिएको अनुमान गर्न सकिन्छ । सरिता गिरीको एकल अभिनय रहेको नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन् ।

सुलक्षणकै लेखनमा तयार हुने ‘बोक्सीको घर’ फिल्मलाई सुलक्षणका साथै सुव्रतराज आचार्यले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् ।

jackson ribon