birat ribon

मार्सेलो च्याम्पियन्स लिग खेल्न तयार

Neuro
मार्सेलो च्याम्पियन्स लिग खेल्न तयार

विराटनगर / स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर मार्सेलोले आइतबार समस्याविहीन हुँदै प्रशिक्षण गरे । रियलले शनिबार राति इल्चेमाथि २–१ गोलको जित निकाल्दा टोलीबाहिर रहेका उनले च्याम्पियन्स लिगअन्तर्गत अटलान्टाविरुद्ध खेल खेल्ने सम्भावना छ ।

मङ्गलबार राति रियलले अन्तिम १६ को दोस्रो लेगअन्तर्गत इटालियन क्लब अटलान्टासँग खेल्न लागेको हो । पहिलो लेगमा १–० को अग्रता बनाएको रियलले आफ्नो मैदानमा अटलान्टालाई निम्त्याउँदैछ ।

cura insider

यस खेलमा मार्सेलो उपस्थित हुनेमा मुख्य प्रशिक्षक जिनेदिन जिदान आशावादी छन् । इल्चेसँगको खेलमा टोलीमा नपरेका मार्सेलो त्यसअघि दुई खेलमा बेन्चमा बसेका थिए । अब भने उनी मैदान फर्किन तयार देखिएका छन् ।

jackson ribon