birat ribon

सुकीलगायत समूहले म्यान्मारमा सैन्य शासनविरुद्धको आन्दोलनलाई निरन्तरता दिने

Neuro
सुकीलगायत समूहले म्यान्मारमा सैन्य शासनविरुद्धको आन्दोलनलाई निरन्तरता दिने

विराटनगर / नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध आन्दोलनलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको अवस्था देशका लागि सबैभन्दा अध्याँरो क्षण भएको बताउँदै छिट्टै बिहानी आउन लागेको अवस्था रहेको बताए । सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका थिए ।

cura insider

भूमिगत रहेर नै उहाँले सैन्य ‘कू’ स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहेका छन् । सैन्य शासनविरूद्ध भएको आन्दोलनका क्रममा शनिबार म्यान्मारमा १२ प्रदर्शनकारीहरूको मृत्यु भएको छ । रासस

jackson ribon