birat ribon

नेकपापछि एमाले विवादको असर प्रदेशसभामा, बैठक अनिश्चित

Neuro
नेकपापछि एमाले विवादको असर प्रदेशसभामा, बैठक अनिश्चित

विराटनगर / प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित बनेको छ । जारी सातौँ हिउँदे अधिवेशन सर्वाेच्चको आदेशअघि नेकपा र आदेशपछि एमालेका कारण अनिश्चित बनेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको थियो । तर सत्तारुढ नेकपा एमालेभित्रको विवादका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

cura insider

सर्वाेच्च अदालतको आदेशअघि भने नेकपा प्रचण्ड–माधव समूह र नेकपा ओली समूहबीचको विवादको चपेटामा परेको थियो प्रदेशसभा । सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भङ्ग गरिदिएपछि प्रदेशसभा नेकपा एमालेभित्रको विवादका कारण अनिश्चित बनेको हो । सर्वाेच्च अदाललको आदेशपछि एमालेभित्र अध्यक्ष ओली र माधव नेपाल समूहबीच सङ्घर्ष जारी छ ।

गत फागुन ९ गते संसदमा टेबल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको थियो । तर मुख्यमन्त्री शेरधन राईको दबाबमा सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । सोमबारका लागि बोलाइएको बैठक आइतबार सूचना जारी गर्दै अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले विषेश कारणले बैठक स्थगित भएको बताए । पराजुलीले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ । सोमबार बैठक सञ्चालन गर्नका लागि आइतबार प्रदेशसभा सदस्यहरुलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

सत्तारुढ दलभित्रको विवादका कारण प्रदेशसभा बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस असन्तुष्ठ बनेको छ । सत्तारुढ दलले जनताको गुनासो सुनाउने थलो प्रदेशभसालाई अनिर्णयको बन्दी बनाएको नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले बताए ।

मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । सोही दिन सरकारले सातौँ हिउँदे अधिवेशनको बैठक माघ ७ गतेका लागि आह्वान गरेको थियो । पहिलो दिन प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरेर स्थगित भएको बैठक १८ दिनपछि माघ २५ गते बसेको थियो । तर सत्ता पक्षको अवरोधपछि ९ फागुनसम्मका लागि स्थगित भएको थियो । ९ गतेको बैठकमा सभामुखले अविश्वासको प्रस्ताव टेवल गर्दा सत्तापक्षले बहिस्कार गरेको थियो । त्यसयता बैठक बस्न सकेको छैन ।

सर्वाेच्च अदालतको परमादेशपछि प्रदेशका मुख्यमन्त्री राई झन् शक्तिशाली बनेका छन् । अदालतले माओवादी केन्द्र र एमाले छुट्टा–छुट्टै अस्तीत्वमा रहेको परमादेश जारी गरेपछि ५१ सदस्य रहेको मुख्यमन्त्री राई शक्तिशाली बनेका हुन् ।

jackson ribon