birat ribon

महेन्द्र मोरङ क्याम्पसका नाममा उच्च अदालतको अन्तरिम आदेश : भर्ना नरोक्नू

Neuro
महेन्द्र मोरङ क्याम्पसका नाममा उच्च अदालतको अन्तरिम आदेश : भर्ना नरोक्नू

विराटनगर / उच्च अदालत विराटनगरले विद्यार्थीको भर्ना नरोक्न महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका नाममा अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश तेजनारायण सिंह र राजनप्रसाद भट्टराईको इजलासले विद्यार्थीको भर्ना नरोक्न अन्तरिक आदेश दिएको हो ।

सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका–३ का १८ वर्षीय कवीर पन्तले परमादेश माग गर्दै निवेदन दायर गरेका थिए । अदालतले विद्यार्थीलाई न्याय दिलाइदिएको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए ।

cura insider

काठमाडौँ शङ्करदेव क्याम्पसबाट व्यवस्थापन सङ्कायको सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्त महेन्द्र मोरङ क्याम्पसमा बिबिएको आवेदन फारम भर्न आएका थिए । तर क्याम्पस प्रशासनले अन्य क्याम्पसबाट इन्ट्रान्स उत्तीर्ण गरेका विद्यार्थीले आवेदन फारम भर्न नपाउने भन्दै फर्काइदिएको थियो ।

क्याम्पसले फर्काएपछि उनी परमादेश माग गर्दै उच्च अदालत पुगेका थिए । अदालतले निवेदक चैत ५ गतेसम्म पुगे आवेदन फारम भर्नका लागि नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

May be an image of text

jackson ribon