birat ribon

रोनाल्डोको बहिर्गमनपछि रियलमा चम्किए बेन्जेमा

Neuro
रोनाल्डोको बहिर्गमनपछि रियलमा चम्किए बेन्जेमा

विराटनगर / स्पेनिस फुटबल क्लब रियल मड्रिडका फरवार्डले शनिबार राति ला लिगामा टोलीको उद्धार गरे । घरेलु मैदानमा इल्चेसँग १–१ गोलको बराबरीको अवस्थामा गोल गर्दै बेन्जेमाले रियलको उद्धार गरेका हुन् । त्यसअघि पनि उनैले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पाहुना टोली इल्चेले सुरुआती अग्रता बनाएको थियो । ६१औँ मिनेटमा डेनी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए ।

cura insider

७३औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई बराबरीमा फर्काएका थिए । यस्तै इन्ज्युरी समयमा बेन्जेमाले दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

इल्चेविरुद्ध दुई गोल गरेसँगै उनले यस सिजन सबै प्रतियोगिता गरेर रियलका लागि २० गोल गरे । उनले लगातार तीन सिजन कम्तिमा २० गोल गरेका हुन् ।

२०१८–१९ को सिजन बेन्जेमाले ३० गोल गरेका थिए भने २०१९–२० मा २७ गोल गरेका थिए । यस सिजनको आधासम्म आइपुग्दा उनले २० गोल गरेका छन् ।

सन् २०१८ मा पोर्चुगिज स्ट्राइकर रोनाल्डोले बर्नाबेउबाट बिदा लिएपछि बेन्जेमा रियलका मुख्य आक्रमक खेलाडी बनेका छन् । उनले रोनाल्डोको बहिर्गमनपछि ७७ गोल गरिसकेका छन् ।

jackson ribon