birat ribon

इजरायमा दुई वर्षभित्र चौथो पटक निर्वाचन हुने

Neuro
इजरायमा दुई वर्षभित्र चौथो पटक निर्वाचन हुने

विराटनगर / इजरायलमा दुई वर्षभित्रमा चाैथो पटक निर्वाचन हुनेभएको छ । इजरायलमा यही मार्च २३ मा निर्वाचन हुँदैछ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड–१९ विरुद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् । गत वर्ष भएको निर्वाचनमा नत नेतन्याहुको दक्षिणपन्थी समूहलाई न सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जलाई बहुमत मिलेको थियो ।

cura insider

फलस्वरूप त्यहाँ गान्जको सहयोगमा नेतन्याहुको नेतृत्वमा सरकार बनेको थियो । बाध्यतावस गठन भएको नेतन्याहुको नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेपछि इजरायली राजनीतिले विश्वभर चर्चा पाएको थियो ।

गठबन्धनको केही महिनामै सरकारले नयाँ निर्वाचन गरी ताजा जनादेश लिने प्रयासहरू थालेको थियो ।

jackson ribon