birat ribon

आजबाट सुरु भयो सी डिभिजन लिग : उद्घाटन खेलमा झापामाथि खालीबारीको जित

Neuro
आजबाट सुरु भयो सी डिभिजन लिग : उद्घाटन खेलमा झापामाथि खालीबारीको जित

काठमाडौँ / मोफसलको टोली झापा एफसीमाथि जित निकाल्दै खालीबारी युथ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । आइतबार सातदोबाटोको एन्फा मुख्यालयमा भएको उद्घाटन खेलमा झापा एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै खालीबारीले सुखद सुरुआत गरेको हो ।

झापाले लिएको सुरुआती अग्रतालाई उल्टाएर खालीबारीले जित निकालेको हो । खालीबारीलाई सुखद नतिजा निकाल्न विपिन कँडेल र सुदीप केसीले एक एक गर्दा झापाका सरोज दोर्जी कार्कीले एक गोल गरे ।

cura insider

१४ टिमको सहभागिता रहेको लिग आगामी चैत २४ गतेसम्म हुँदै छ । एन्फाले सहभागी टोलीलाई २ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराएको हो । दुई समूहका शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्सको प्रतिस्पर्धापछि शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछन । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछन् र प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

jackson ribon