birat ribon

सिङ्गापुरसँग हवाई उडान खोल्ने तयारीमा अस्ट्रेलिया

Neuro
सिङ्गापुरसँग हवाई उडान खोल्ने तयारीमा अस्ट्रेलिया

विराटनगर / अस्ट्रेलियाले आगामी जुलाईसम्ममा सिङ्गापुरसँग हवाई यात्रा खोल्ने बारेमा छलफल थालेको छ । पर्यटन र यात्रामा सहजीकरण गर्न सिङ्गापुरसँग हवाई उडान खुला गर्नेबारेमा छलफल भइरहेको बताइएको छ ।

अस्ट्रेलियाका उपप्रधानमन्त्री माइकल म्याककोरम्याकले आगामी जुलाईदेखि दुई देशबीच हवाई उडान खोल्ने बारेमा छलफल भइरहेको जानकारी दिए ।

cura insider

कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्न अस्ट्रेलियाले लामो समयदेखि अन्तर्राष्ट्रिय उडान र यात्रामाथि कडाई गरेको छ । अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले विशेष परिस्थितिमा बाहेक कुनै पनि गैर–अस्ट्रेलियाली व्यक्तिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ ।

jackson ribon