birat ribon

एमालेलाई विधिमा लैजान महाधिवेशनको मिति तय: मन्त्री ढकाल

Neuro
एमालेलाई विधिमा लैजान महाधिवेशनको मिति तय: मन्त्री ढकाल

कोहलपुर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहुशक्ति केन्द्र निर्माण हुन नदिने बताएका छन् । आइतबार एमाले कोहलपुर नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका ढकाले अब पार्टी विधिमा अघि बढ्ने दाबी गरे ।

मन्त्री ढकालले पार्टीलाई विधिमा लैजानकै लागि पार्टीको महाधिवेशन मितिसमेत तय भइसकेको उल्लेख गरे । उनले भने, ‘हामी सडकबाट पद लिने र दिने गर्दैनौँ, विधिसम्मत तरिकाले अगाडि बढ्छौँ । आगामी मङ्सिरमा हुने महाधिवेशनबाटै नेतृत्व चयन हुन्छ ।’

cura insider

मन्त्री ढकालले कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागिरहेको उल्लेख गरे । उनले सरकारले निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकासमा उचित ध्यान दिई कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको पर्यटन क्षेत्रलाई अगाडि बढाउने बताए । रासस

jackson ribon