birat ribon

एभरेष्ट फुटबलमा कोसी उत्कृष्ट

Neuro
एभरेष्ट फुटबलमा कोसी उत्कृष्ट

विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको आन्तरिक हाउसस्तरीय फुटबल टुर्नामेन्टमा कोसी हाउसले उपाधि जितेको छ । तीनवटा समूहका स्पर्धामध्ये दुई समूहमा कोसी हाउसले उपाधि जितेको हो ।

जुनियर समूहमा मेची हाउसले उपाधि जितेको छ । कक्षा ३, ४ र ५ को जुनियर समूह थियो भने कक्षा ६ र ७ को एउटा र कक्षा ८ र ९ को अर्को गरी तीन वटा समूहमा मेची, कोसी, गण्डकी र कर्णालीका चार टिमले भाग लिएका थिए ।

cura insider

सिनियर टिमतर्फको फाइनल खेलमा कर्णालीलाई एकका विरुद्ध दुई गोल गर्दै कोसीले उपाधि जितेको हो । कोसीका लागि नरेश न्यौपानेले दुई गोल गरे भने कर्णालीका लागि बालकृष्ण भगतले १ गोल गरे ।

कक्षा ६ र ७ समूहको खेलमा गण्डकीलाई एकका विरुद्ध तीन गोल गर्दै कोसीले जित्यो । उपविजेता गण्डकीका लागि जेनिश लामिछानेले एक गोल गरे भने सक्षम श्रेष्ठले ह्याट्रिक गर्दै कोसीलाई उपाधि जिताए ।

यस्तै, जुनियर समूहको फाइनलमा भने मेची हाउसले शून्यका विरुद्ध तीन गोल गर्दै कोसीलाई उपविजेतामा सीमित बनाएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजन भट्टराईले जानकारी दिए । विजेता तथा उपविजेतालाई विद्यालयका सह–प्रधानाध्यापक टिएन भण्डारीले पुरस्कार वितरण गरे ।

jackson ribon