birat ribon

कलाकारको सम्मानमा अनप्लग्ड कार्यक्रम सुरु हुँदै

Neuro
कलाकारको सम्मानमा अनप्लग्ड कार्यक्रम सुरु हुँदै

विराटनगर / विराटनगरबाट सञ्चालन हुँदै आएको मकालु टेलिभिजनले सङ्गीत पारखीका लागि नयाँ कार्यक्रम ल्याउने भएको छ ।

सङ्गीत क्षेत्रलाई माया गर्दै आएका सङ्गीतकर्मीको सम्मानमा अनप्लग्ड कार्यक्रम ल्याउने भएको हो ।
टेलिभिजनका कार्यकारी प्रमुख दिवस सुवेदीले मोफसलमा रहेका प्रतिभालाई टेलिभिजनमार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यक्रम ल्याइएको बताए ।

cura insider

टेलिभिजन प्रमुख सुवेदीले दर्शकलाई मनोरञ्जन दिलाउने उद्देश्यसहित वैशाखबाट थप केही नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए ।

अनप्लग्डमा सहभागी बेलबारीस्थित नमुना ब्यान्डकी गायिका अस्ट्रिन लिम्बुले मोफसलका सङ्गीतकर्मीहरूलाई कार्यक्रममा स्थान दिँदा सुखद अनुभूति भएको बताइन् ।

कोभिड–१९ महामारीपछि कन्सर्ट र कार्यक्रममा ब्यस्त हुँदै आएकी गायिका लिम्बूले टेलिभिजनले साङ्गीतिक क्षेत्रमा चालेको कदम सराहनीय भएको उल्लेख गरिन् ।

कार्यक्रममा प्राविधिक सहयोग पुर्‍याएका स्मृति ब्यान्डका सदस्य दिपेन थापाले कोभिडको महामारीलाई बिर्साउनका लागि सुरु गर्न लागिएको प्रयासलाई दर्शकले मन पराइदिने विश्वास लिए ।
टेलिभिजनका कार्यकारी निर्माता अभयकुमार राईले १० शृङ्खलाको अनप्लग्डमा मोरङका गायकगायिकालाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

अनप्लग्डका एपिसोडहरू टेलिभिजनले नै उत्पादन गरिरहेको बताएका राईले आइतबारबाट कार्यक्रमको प्रोमो पनि अन एयर गरेको छ । अनप्लग्डको यस शृङ्खलामा गायकले आफ्नै सिर्जनाको गीत, अङ्ग्रेजी, कभर र स्थानीय भाषाको गीत समेटेको उनले जानकारी दिए ।

jackson ribon