birat ribon

‘कोकाकोला मानव स्वास्थ्यका लागि हानिकारक’

Neuro
‘कोकाकोला मानव स्वास्थ्यका लागि हानिकारक’

विराटनगर / गुलियो पेय पदार्थ मोटोपना, टाइप–२ मधुमेह र दाँतको क्षतिसहित धेरै स्वास्थ्य समस्याका महत्त्वपूर्ण कारक हो ।

कोकाकोलाको एक क्यान पिउँदा एक घण्टाभित्र शरीरमा हानिकारक प्रभाव पार्न सक्ने अनुसन्धानले देखाएको छ । ब्रिटेनका पूर्व फार्मास्टिक नीरज नाइकका अनुसार मात्र तीन सय ३० मिलिलिटर कोकाकोलाको सेवनले एक घण्टाभित्र शरीरमा विभिन्न प्रभाव ल्याउन सक्छ ।

cura insider

एक क्यान कोकाकोलामा ३७ ग्राम चिनी अर्थात् १० चम्चा चिनी राखिएको हुन्छ । स्वस्थ रहनका लागि, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले दैनिक ६ चम्चाभन्दा धेरै चिनी नखान सल्लाह दिएको छ । तर, एक क्यान कोकाकोला पिउँदा, एकै पटकमा चाहिनेभन्दा बढी चिनीको उपभोग हुन्छ ।

सन् २०१५ को एक अध्ययनले गुलियो पेय पदार्थको सेवन विश्वभर एक लाख ८४ हजारभन्दा बढी मानिसको मृत्युको जिम्मेवार रहेको देखाएको थियो । कोकाकोला पिएको पहिलो १० मिनेटमा शरीरमा १० चम्चा चिनी भित्र जान्छ । यो मात्रा दिनभरि वा २४ घण्टामा लिनुपर्ने चिनीको मात्राभन्दा धेरै हुन्छ । कोकाकोलामा भएको अत्यधिक चिनीले मानिसलाई बान्ता गराउन सक्छ । तर, यसमा भएको फोसफोरिक एसिडले बान्ता हुन नदिने र धेरै पिउन चाहना बढाउने गर्छ ।

कोकाकोला पिएको २० मिनेटपछि मानिसको ब्लड सुगर लेभल एक्कासि बढ्छ । कलेजोले अत्यधिक चिनीलाई बोसोमा परिणत गर्छ, जसकारण माटोपना बढ्न जान्छ ।

कोकाकोला पिएको ४० मिनेटपछि शरीरले सबै क्याफिनलाई सोसेर लिन्छ । अर्कोतर्फ ब्लड प्रेसर पनि बढ्दै जान्छ । मस्तिष्कमा रगतको सञ्चार कम हुन जान्छ र निद्रालाई हटाउने काम गर्छ ।

कोकाकोला पिएको ४५ मिनेटपछि शरीरले डोपामाइनको उत्पादन बढाउँछ । र, दिमागको खुसी दिने भाग सक्रिय बनाउँछ । शरीरलाई मादक पदार्थ सेवन गरेको जस्तो लाग्छ । र, यो समयमा मानिसलाई अर्को एक क्यान कोकाकोला पिउने चाहना जाग्छ ।

कोकाकोला पिएको ६० मिनेटपछि शरीरमा भएको चिनीको मात्रा घट्न थाल्छ । जसकारण अल्छी लाग्ने तथा निद्रा लागेजस्तो महसुस हुनेगर्छ । चिनी र अन्य कृत्रिक तत्वको बढ्दो मात्राका कारण मेटाबेल्जिक बढ्छ । कोकमा भएको पानी पिसाबद्वारा बाहिर निक्लन्छ ।

यसपछि पटक–पटक पिसाब लाग्न थाल्छ । पिसाबसँग क्याल्सियम र अन्य चाहिले पोषक तत्व पनि बाहिर निस्किन्छ ।

jackson ribon