birat ribon

मेस्सीको नजर जाभीको रेकर्डमा

Neuro
मेस्सीको नजर जाभीको रेकर्डमा

विराटनगर / बार्सिलोनाले सोमबार राति ला लिगाअन्तर्गत हुएस्कासँग खेल्दैछ । क्याप नोउमा हुने यस खेलमा बार्सिलोना रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा उक्लिने दाउमा हुनेछ ।

त्यसबाहेक बार्सिलोनाका कप्तान लियोनल मेस्सी भने पूर्वसहकर्मी जाभी हर्नान्डेजको कीर्तिमान बराबरी गर्ने दाउमा छन् । हुएस्काविरुद्धको खेल मेस्सीका लागि सात सय ६७औँ खेल हुनेछ ।

cura insider

यस खेल खेलेसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी गर्ने छन् ।

मेस्सीले हाल बार्सिलोनाका लागि सात सय ६६ खेल खेलेका छन्, जसमा उनले छ सय ५९ गोल र दुई सय ८९ असिस्ट गरेका छन् ।

जाभीले भने सात सय ६७ खेलमा ८५ गोल गोल र एक सय ८४ असिस्ट गरेका छन् ।

jackson ribon