birat ribon

‘छक्क पञ्जा ३’लाई उत्कृष्ट फिल्म अवार्ड

Neuro
‘छक्क पञ्जा ३’लाई उत्कृष्ट फिल्म अवार्ड

विराटनगर / चलचित्र प्राविधिक सङ्घको आयोजनामा १०औँ नेफ्टा अवार्ड सम्पन्न भएको छ ।

शनिबार पाँचतारे होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ३’ ले महत्त्वपूर्ण ६ विधामा अवार्ड जित्न सफल भयो । फिल्मले उत्कृष्ट निर्देशकदेखि उच्चतम सकल सङ्ग्रह फिल्म अवार्ड जित्दै आफ्नो वर्चश्व कायम गरेको हो ।

cura insider

‘छक्का पञ्जा ३’ ले उत्कृष्ट फिल्म अवार्ड पाउँदा ‘हरि’ले जुरी अवार्ड पाएको थियो । यता, पपुलर अभिनेताको अवार्ड अनमोल केसी र पपुलर अभिनेत्रीको अवार्ड साम्राज्ञी राज्यलक्ष्मी शाहले प्राप्त गरे भने फिल्म ‘प्रसाद’बाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र ‘साइँली’बाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

यस्तै, १०औँ नेफ्टा अवार्डमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई ५१ हजार एक सय ११ नगदसहित ‘दीर्घ साधना सम्मान अर्थात लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

jackson ribon