birat ribon

उपाधि दौडमा बलियो बन्ने दाउमा युभेन्टस

Neuro
उपाधि दौडमा बलियो बन्ने दाउमा युभेन्टस

विराटनगर / इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टस शीर्ष स्थानको इन्टर मिलानभन्दा दस अङ्कले पछि परेको अवस्थामा छ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टसले २५ खेल खेल्दा ५२ अङ्क जोडेको छ ।

युभेन्टस हाल तेस्रो स्थानमा छ । र, आज क्याग्लिआरीविरुद्ध खेल्न लागेको युभेन्टस जित निकाल्दै इन्टरसँगको अङ्क दूरी छोट्याउने दाउमा रहनेछ । इन्टरसँग ६२ अङ्क छ । उसले युभेन्टसभन्दा एक खेल बढी खेलेको छ । दोस्रो स्थानको एसी मिलानसँग ५६ अङ्क छ । उसले पनि २६ खेल नै खेलेको छ ।

cura insider

युभेन्टस र क्याग्लिआरीबीचको खेल नेपाली समयानुसार राति १०ः४५ बजे हुँदैछ । क्याग्लिआरीको मैदानमा हुने यस खेलमा दुवै टोली जित निकाल्ने दाउमा हुनेछन् । २२ अङ्कका साथ १७औँ स्थानमा छ ।

jackson ribon