birat ribon

विराटनगरका युवाको प्रयास ‘लभ पर्‍यो’ (भिडियोसहित)

Neuro
विराटनगरका युवाको प्रयास ‘लभ पर्‍यो’ (भिडियोसहित)

विराटनगर / विराटनगरका युवाले छोटो चलचित्र ‘लभ पर्‍यो’ ल्याएका छन् । केही साताअघि बाडुल्की अफिसियल च्यानलबाट उक्त सर्ट फिल्म युटुबमा सार्वजनिक भएको हो ।

‘विराटनगरका युवाहरूले निर्माण एवं अभिनय गरेको सो छोटो चलचित्र पूर्वमा पनि यस क्षेत्रको उचाइको सपना बोकेर खोलिएको ‘बाडुल्की’ नामक युटुब च्यानलको सुरुआत मात्र हो’, यसका निर्देशक लकेश दङ्गाल भन्छन् ।

cura insider

स्नातक प्रथम तहका विद्यार्थीहरूको ट्युसन पढ्दाको मित्रता तथा प्रेम बस्दै गर्दाका मिठा झझल्काहरूले सबैलाई काउकुतिसम्म लगाउने दङ्गालको ठम्याइ छ ।

यो फिल्म मायाको अलिकति भएपनि मिठो आभास भएको लेखक क्षितिज कोइराला बताउँछन् ।

एसडी बाराकोटी र सुस्मा सुवेदी यस फिल्मका मुख्य पात्रहरू हुन भने नवराज गिरी, दीक्षा डन, अञ्जना निरौला, नगेन्द्र खड्का, क्षितिज कोइराला र जीवन पन्त सहायक भूमिकामा छन् ।

कोइरालाको लेखन तथा रमेश कोइरालाको छायाँकनमा बनेको फिल्ममा सञ्जीव चाम्लिङ कास्टिङ डाइरेक्टरका रूपमा छन् ।

jackson ribon