birat ribon

के स्यानिटरी प्याडको प्रयोगले क्यान्सर निम्त्याउँछ ?

Neuro
के स्यानिटरी प्याडको प्रयोगले क्यान्सर निम्त्याउँछ ?

विराटनगर / महिनावारीको समयमा अधिकांश महिलाहरूले स्यानिटरी प्याडको प्रयोग गर्छन् ।

कपडा, ट्याम्पुन्स, मेन्सट्रुअल कमलगायतका अन्य साधन भए पनि महिलाहरूको पहिलो रोजाइ स्यानिटरी प्याड नै हुने हुन्छ । हरेक महिना प्रयोग गर्नुपर्ने यस्ता प्याडले महिलाको शरिरमा के–कस्तो असर गर्न सक्छ बन्ने जान्नु आवश्यक हुन्छ । विज्ञका अनुसार स्यानिटरी प्याडहरू सुरक्षित छन् ।

cura insider

तर, डाइअक्सिन र अन्य सुपर–शोषक पोलिमर जस्ता अवशोषक एजेन्ट राखी बनाइएका प्याडको प्रयोगबाट क्यान्सर निम्तिनसक्ने पनि बताइएको छ । डाइअक्सिन नामक तत्व शरीरमा जम्मा हुन सक्छ जसले प्रजनन अङ्गलाई असर गरी पठेघर र गर्भाशयको क्यान्सर निम्त्याउन सक्छ ।

डाइअक्सिन एक क्यार्सिनोजेन हो अर्थात् यसले शरीरमा क्यान्सर निम्त्याउने कोषहरूको गठनलाई बढावा दिन्छ । स्यानिटरी प्याडको सोस्ने क्षमता वृद्धि गर्न ब्लिच गरिएको हुन्छ । उक्त ब्लिचमा डाइअक्सिनको प्रयोग गरिएको हुन्छ । डाइअक्सिनले शरीरको प्रतिरोध क्षमतालाई पनि घटाउने हुँदा यसले महिलाहरूमा सङ्क्रमणको जोखिम बढाउँछ ।

यसले प्रजनन हर्मोनहरू जस्तै इस्ट्रोजेन (सेक्स हार्मोन) को उत्पादनलाई पनि असर गर्छ । यस्ता छन् जोखिम कम गर्न स्यानिटरी प्याड प्रयोग गर्दा लिनुपर्ने सावधानी :

– महिनावारीमा अत्यधिक रक्तश्राव नभए पनि स्यानिटरी प्याडलाई (प्रत्येक ३ देखि ४ घण्टा) परिवर्तन गरिरहनुपर्छ ।

– युटीआईको जोखिम कम गर्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

– सधैँ सफा र सुक्खा भित्री बस्त्र लगाई सरसफाइमा ध्यान दिनुपर्छ ।

– जैविक प्याड छनौट गर्नु उचित हुन्छ ।

– सुगन्ध भएको प्याडको प्रयोग गर्नु हुँदैन ।

– सार्वजनिक शौचालयको प्रयोग नगर्ने, गर्नुपरे उचित ध्यान दिनुपर्छ ।

– पुनः प्रयोगयोग्य प्याडको प्रयोग गर्नु हुन्छ भने यसलाई राम्रोसँग सफा गर्नुपर्छ ।

– योनी क्षेत्र वरिपरि कुनै र्‍यासेज वा चिलाउने, पोल्ने छ भने बेवास्ता गर्नु हुँदैन ।

jackson ribon