birat ribon

फास्ट ट्रयाक दोस्रो चरण ठेक्काको लेखा समितिले अध्ययन गर्ने

Neuro
फास्ट ट्रयाक दोस्रो चरण ठेक्काको लेखा समितिले अध्ययन गर्ने

काठमाडौँ / सङ्घीय संसद, प्रतिनिधिसभाअन्र्तगतको सार्वजनिक लेखा समितिले तराई मधेस दु्रतमार्ग फास्ट ट्रयाकअन्तर्गत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताको सम्बन्धमा अध्ययन गर्ने भएको छ ।

तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि समितिले त्यसतर्फ चासो देखाएको हो ।

cura insider

दोश्रो चरणको ठेक्का प्रक्रियाअन्तर्गत सक्षम बोलपत्रदाता छनौट गर्ने क्रममा अनियमितता भएको भन्दै परेको उजुरीमा उल्लेखित दाबी तथा प्रमाणको रुपमा पेश गरिएको कागजातका आधारमा समितिले सम्बन्धित निकायहरुसँग विभिन्न ११ वटा विषयमा प्रतिक्रिया मागेको छ ।

समितिका सचिव डा. रोजनाथ पाण्डेले प्रारम्भिक छानविनका लागि सम्बन्धित निकायसँग डकुमेन्ट मागिएको जानकारी दिँदै समितिको आगामी बैठकमा एजेन्डाको रुपमा प्रवेश गराउने गरी तयारी गरिएको बताए ।

उनले राष्ट्रिय गौरवको आयोजना तथा सार्वजनिक महत्वको फास्ट ट्रयाक निर्माण कार्यमा प्रतिस्पर्धात्मक मूल्यमा आधारित भएर सक्षम र प्रतिष्पर्धी कम्पनी छनौट होस् भन्ने हिसाबले समितिले सकारात्मक रुपमा सहयोग गर्ने बताए । पूर्वयोग्यता निर्धारणको बोलपत्र दिने कम्पनी धेरै भए पनि चयन गर्ने प्रक्रियाले शङ्का गर्ने ठाउँ दिएकाले समितिले रक्षा मन्त्रालयमार्फत् कागजात मगाइएको बताए ।

jackson ribon