birat ribon

आगलागीबाट नौ लाख रुपैयाँबराबरको क्षति

Neuro
आगलागीबाट नौ लाख रुपैयाँबराबरको क्षति

सुनसरी / बराहक्षेत्र नगरपालिका–५ तीनकुनेस्थित एक कृषि फार्ममा आगलागी हँुदा नौ लाख रुपैयाँबराबरको क्षति भएको छ । स्थानीय बराह कृषि फार्ममा एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा सो क्षति भएको जनाइएको छ ।

आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्मभित्र रहेका चारवटा भैँसी र दुईवटा बोकासमेत जलेर नष्ट भएका छन् । आगलागीमा परेर फार्म सञ्चालक अमरबहादुर कार्कीसमेत घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

cura insider

फार्ममा लागेको आगो निभाउने क्रममा कार्कीको पछाडिको भाग पूरै र अगाडिको भाग सामान्य जलेर क्षति भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । सोही घटनामा परेर हरिबहादुर खत्री सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते कार्कीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । स्थानी, वारुणयन्त्र र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । रासस

jackson ribon