birat ribon

मेस्सीको पछि–पछि रामोस

Neuro
मेस्सीको पछि–पछि रामोस

विराटनगर / स्पेनिस फुटबल क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस ला लिगाको इतिहासमा सबैभन्दा धेरै खेल जित्ने दोस्रो खेलाडी बनेका छन् । ला लिगाअन्तर्गत शनिबार राति इल्चेविरुद्ध खेल्दै स्पेनिस स्टार रामोसले रियलकै पूर्वखेलाडी इल्कर क्यासिल्लासको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

३४ वर्षीय रामोसले सेभिल्ला र रियलबाट गरी हालसम्म ला लिगामा पाँच सय आठ खेल खेलेका छन् । जसमध्ये तीन सय ३४ खेलमा जित दर्ता गराएका छन् । उनले रियलबाट ला लिगामा तीन सय १५ खेलमा जित निकाल्दा सेभिल्लाबाट १९ खेलमा जित निकालेका छन् ।

cura insider

यसअघि रियलका गोलरक्षक क्यासिल्लासले तीन सय ३४ खेलमा जित दर्ता गराएर यो कीर्तिमान बनाएका थिए ।

ला लिगामा सबैभन्दा धेरै खेलमा जित निकाल्ने खेलाडी बार्सिलोनाका कप्तान लियोनल मेस्सी हुन् । अर्जेन्टिनी स्टार मेस्सीले ला लिगामा पाँच सय नाै खेल खेल्दा तीन सय ७७ खेलमा जित निकालेका छन् । मेस्सीले ला लिगामा चार सय ६३ गोल गरेका छन् ।

रामोसले सेभिल्ला र रियलबाट गरेर ला लिगामा ७४ गोल र ३१ असिस्ट गरेका छन् । उनले पाँच पटक ला लिगाको उपाधि जितेका छन् ।

ला लिगामा गए राति इल्चेलाई आफ्नो मैदानमा २–१ गोलले हराउँदै साविक विजेता रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको थियो । रियलको मैदानमा घरेलु टोलीलाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरे । इल्चेका डेनी काल्भोले एक गोल गरे ।

जितसँगै रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको हो । रियलले २७ खेलमा ५७ अङ्क जोड्यो । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना ५६ अङ्कसहित तेस्रो स्थानमा छ ।

jackson ribon