birat ribon

खोप लगाएपछि साइड इफेक्ट देखिएन ? के खोपले काम नगरेको हो त ?

Neuro
खोप लगाएपछि साइड इफेक्ट देखिएन ? के खोपले काम नगरेको हो त ?

विराटनगर / धेरैले कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् र खोप लगाउने क्रम जारी नै छ ।

कतिपय मानिस खोपको दोस्रो डोज लिनको लागि पर्खिरहेका छन् । खोप लगाएका धेरैजसोमा सामान्य साइड इफेक्ट देखापर्ने गरेको पाइन्छ । कुनै पनि खोप लिएपछि हल्का प्रकारका साइड इफेक्ट देखिनुलाई सामान्य मानिन्छ । अहिले प्रयोग भइरहेका खोप मांसपेसीभित्र दिनुपर्ने हुनाले, इन्जेक्सन साइट (खोप लगाएको ठाउँ) मा केही दुखाइ वा कडापन अनुभव हुन्छ ।

cura insider

यसका साथै ज्वरो, चिसो लाग्ने, थकान, वाकवाकी आउने, छालामा दाग देखिने केही अन्य साइड इफेक्ट हुन् । खोप लगाएका केहीमा कुनै साइड इफेक्ट देखिँदैन भने अधिकांशमा साइड इफेक्ट हल्का वा मध्यम हुन्छन्, जुन दुईदेखि तीन दिनसम्म रहन्छ र सजिलै व्यवस्थित गर्न सकिन्छ । खोप लगाएपछि देखिने साइड–इफेक्टलाई वास्तवमा राम्रो सङ्केत मानिन्छ ।

साइड–इफेक्ट देखिएमा खोपले काम गरिरहेको सूचकको रूपमा लिइन्छ । खोपले प्रतिरोधात्मक प्रणालीलाई भविष्यमा रोगसँग लड्न सिकाउने प्रतिक्रिया प्रदान गर्छ । सबै मानिसले साइड इफेक्टको अनुभव गर्नै पर्छ भन्ने आवश्यक हुँदैन । तर, के खोप लगाएपछि साइड इफेक्ट नदेखिएका खोपले काम गर्छ त ? यो प्रश्न अवश्य पनि सबैको दिमागमा आएको हुनुपर्छ ।

अध्ययनका अनुसार विभिन्न कोभिडविरुद्धको खोप लिएका लगभग ७३ प्रतिशत व्यक्तिमा कुनै पनि साइड इफेक्ट देखिएको थिएन । तर, पनि यसको उनीहरूमा रोगविरुद्ध लड्ने एन्टिबडीको विकास भएको थियो । रोगविरुद्ध लड्ने एन्टिबडीको विकास हुनका लागि खोप लगाएपछि साइड इफेक्ट अनुभव नगर्नु आवश्यक हुँदैन ।

हरेक मानिसको शरिर र प्रतिरोधात्मक प्रणाली अर्को व्यक्तिभन्दा फरक हुन्छ । जसकारण साइड इफेक्ट पनि फरक देखिने वा नदेखिने पनि हुनसक्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार पुरुषको तुलनामा महिलाहरूमा खोपको साइड–इफेक्ट वा गम्भीर प्रतिक्रिया अनुभव गर्ने जोखिम धेरै हुन्छ ।

साथै, साइड–इफेक्ट विभिन्न खोप र खोपको डोजमा पनि निर्भर हुनसक्छ । पहिलो डोज लिएपछि साइड इफेक्ट देखिने र दोस्रो डोजमा नदेखिने तथा पहिलो डोजमा नदेखिने र डोस्रो डोजमा देखिने हुनसक्छ । वा दुबै डोज लिँदासमेत कोहीमा केही पनि साइड इफेक्ट नदेखिन पनि सक्छ । तर, साइड इफेक्ट नदेखिए पनि खोपले काम गरिरहेको हुन्छ ।

jackson ribon