birat ribon

लहानमा बम विष्फोट हुँदा छ जना घाइते, एकको अवस्था गम्भीर

Neuro
लहानमा बम विष्फोट हुँदा छ जना घाइते, एकको अवस्था गम्भीर

लहान / सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ । लहानको मालपोत कार्यालयनजिक आइतबार दिउँसो करिब १ बजेतिर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए ।

विस्फोटमा परी छ जना घाइते भएकमा छन् । घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ भने पाँच जना सामान्य छन् ।

cura insider

विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवसहित तीन जनालाई उपचारका लागि लहान अस्पतालमा भर्ना गरिएको लहान प्रहरी प्रमुख डीएसपी तपन दहालले जानकारी दिए ।

विस्फोटमा संलग्न समूहबारे कुनै प्रमाण घटनास्थलबाट बरामद नभएको उनले बताए । भिडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजिक कुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ ।

jackson ribon