birat ribon

आइरनको कमी भएर हुने एनिमियाका केही सामान्य सङ्केत

Neuro
आइरनको कमी भएर हुने एनिमियाका केही सामान्य सङ्केत

विराटनगर / शरीरमा राता रक्तकोषको कमी भएमा एनेमिया (रक्तअल्पता) हुन्छ ।

एनेमिया हुँदा हेमोग्लोबिनको मात्रा पनि कम हुन्छ जसकारण शरीरका अङ्गमा चाहिने जति अक्सिजन पुग्न सक्दैन । बालबालीका, महिनावारी हुदा, गर्भवति महिला तथा बृद्ध उमेरका मानिसमा एनेमिया हुने सम्भावना धेरै रहन्छ । यदि उपचार नगरिएमा यसले आन्तरिक रक्तस्राव, मुटु सुन्निने समस्या हुने र हर्ट फेल समेत निम्त्याउन सक्छ । एनेमियालाई सजिलैसँग आहारमा आइरनको मात्रा बढाइ र औषधिको नियमित सेवनको साथ उपचार गर्न सकिन्छ ।

cura insider

यसका लागि सही समयमा समस्या पत्ता लगाउनु महत्त्वपूर्ण हुन्छ । हाम्रो शरीरले आइरनको कमीका धेरै लक्षण र सङ्केत देखाउँछ । आइरनको कमी भएर हुने एनिमियाका केही सामान्य सङ्केत :
– थकान आइरनको अभावमा हुने एनेमियाको सबैभन्दा सामान्य लक्षण हो । शरीरमा हेमोग्लोबिन बनाउन आवश्यक मात्रामा आइरन हुँदैन । पर्याप्त हेमोग्लोबिन नहुँदा अक्सिजन टिस्यु र मांसपेशीमा पुग्न सक्दैन, मुटुले पनि अत्यधिक काम गर्नुपर्ने हुन्छ जसकारण थकित वा अप्ठ्यारो महसुस हुनेगर्छ ।

– हेमोग्लोबिनले रगतलाई रातो बनाउँछ जसले हाम्रो छालालाई स्वस्थ देखाउँछ । शरीरमा आइरनको कमी भएमा रगत कम रातो देखिन्छ र छाला पहेँलो वा फिक्का देखिने गर्छ ।

– रगतमा हेमोग्लोबिनको मात्रा कम भएमा शरीरमा अक्सिजनको मात्रा पुर्‍याउनका लागि मुटुले धेरै काम गर्नुपर्ने हुन्छ । जसकारण मुटुको चाल बढ्नु पनि एनेमियाको सङ्केत हुनसक्छ ।

– हेमोग्लोबिनले रातो रक्त कोषलाई शरीर वरिपरि अक्सिजन बोक्न मद्दत गर्छ । शरीरमा हेमोग्लोबिनको स्तर कम हुँदा शरीरलाई टिस्युहरूमा अक्सिजन आपूर्ति गर्न गाह्रो हुने हुँदा सास फेर्न गाह्रो हुनसक्छ ।

– आँखाको दृष्टि धमिलो भए पनि एनेमियाको सङ्केत हुनसक्छ ।

– सुक्खा छाला, कमजोर र बिग्रिएको कपाल तथा चाँडै भाँचिने नङ शरिरमा कम आइरन भएको समस्याको सङ्केत हुन् ।

माथि उल्लेखितमध्ये दुई वा सोभन्दा बढी लक्षण देखिएमा तुरुन्त डाक्टरकोमा जाँच गराउन जानुपर्छ । सामान्य रगतको जाँच गरेर एक मानिसलाई एनेमिया भएको छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । समस्या पत्ता लागेमा डाक्टरले आहारमा आइरन भएको खाना खान र केही औषधिको सेवन गर्न सल्लाह दिन्छन् ।

jackson ribon