birat ribon

‘दमक बालज्योति’ र ‘दमक ज्योति’ विमोचित

Neuro
‘दमक बालज्योति’ र ‘दमक ज्योति’ विमोचित

झापा / दमक प्रज्ञा प्रतिष्ठानले साहित्यिक गतिविधि समेटेर एकैसाथ दुई कृति प्रकाशन गरेको छ । प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा धनकुटे कान्छा सम्पादक रहेको ‘दमक बालज्योति’ र उपप्राध्यापक धनञ्जय बाँस्कोटा सम्पादक रहेको ‘दमक ज्योति’को नगर प्रमुख रोमनाथ ओलीले लोकार्पण गरे ।

प्रतिष्ठानले प्रकाशन गरेका ती कृतिमा क्रमशः बालसाहित्य र अर्कोमा दमकसहित देशैभरिका साहित्यिक गतिविधि समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले बताए । बालज्योतिबारे मिश्र वैजयन्ती र दमक ज्योतिबारेमा साहित्यकार लीला अधिकारीले समीक्षा गरेका थिए । रासस

cura insider
jackson ribon